सर्वदलीय बैठककाे निष्कर्ष : ‘संविधान विराेधी, अलाेकतान्त्रिक कदमविरुद्ध एक भएर अघि बढ्छाैँ’

 पुष ६, २०७७ सोमबार १९:३:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद् विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद् विघटन संविधान विपरीत भएको भन्दै संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको हो । बैठकपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधि सभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेकाे बताउनुभयो ।

संसद् विघटनको निर्णयविरुद्ध तीन वटै पार्टीले एकताबद्ध भएर अगाडि बढ्ने समझदारी पनि भएको उहाँले बताउनुभयो । मङ्गलबार (भाेलि) तीन वटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उहाँले बैठकपछि फेरि छलफल गरी आउँदा कार्यक्रम घोषणा गरिने बताउनुभयो । 

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध तीन वटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताउनुभयो । केन्द्रीय कार्यसमिति बैठकपछि आउँदा दिनमा सरकारको यो कदमविरुद्ध कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति भएको उहाँकाे भनाइ छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद् विघटनको घोषणा गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद् विघटनको घोषणा गर्दै नयाँ चुनावकाे मिति तय गर्नुभएको थियो ।  

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया