भारतीय तीव्र गतिका बलर शमीले अस्ट्रेलियासँगकाे बाँकी टेस्ट गुमाउने

 पुष ६, २०७७ सोमबार १९:२१:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमका तीव्र गतिका बलर मोहम्मद शमीले बाँकी खेल गुमाउने भएका छन् ।

पहिलो टेस्टकाे दाेस्राे इनिङ्समा ब्याटिङका क्रममा घाइते भएका शमी खेल्न नसक्ने भएका हुन् । उनको ठाउँमा कार्तिक त्यागी, शार्दुल ठाकुर वा थङ्गरसू (टी) नटराजनलाई ल्याउने तयारी छ ।

भारतका नियमित कप्तान विराट कोहली पनि श्रीमती अनुष्का सुत्केरी हुने भएपछि अस्ट्रेलियाबाट फर्किसकेका छन् । उनको ठाउँमा अजिन्क्य रहाणेलाई कप्तानको जिम्मेवारी दिइएको छ ।

कप्तान कोहली र तीव्र गतिका बलर शमीको अनुपस्थितिमा भारतलाई बाँकी खेलमा थप समस्या पर्ने क्रिकेट विश्लेषकले बताइसकेका छन् । चार खेलकाे टेस्ट शृङ्खलाअन्तर्गतको पहिलो खेल अस्ट्रेलियाले आठ विकेटले जितेको छ । पहिलो टेस्टमा भारत आफ्नो इतिहासकै कम ३६ रनमा समेटिएको थियो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया