स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली समूहको भेलाले पार्टी प्रवक्ताको जिम्मेवारी प्रदीप कुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ ।
आफू निकट केन्द्रीय सदस्यहरुको बैठकमा पार्टी प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिने सहमति भएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यस्तै ओलीले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने निर्णय गर्नुभएको छ ।
कुल सदस्य संख्या ११९९ रहने गरी मौजुदा संख्या केन्द्रीय कमिटीमा ५५६ जना थप्ने सहमति भएको उहाँको भनाइ छ । अहिले सदस्य संख्या १ हजार ३ रहने र रिक्त १९६ पछि थप्ने गरी निर्णय भएको ओली पक्षका नेताहरुको भनाइ छ । बैठकमा मनोनित सदस्यहरुलाई अध्यक्ष ओली सपथग्रहण समेत गराउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।