ओली भेलाको निष्कर्षः 'अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, अर्को पक्ष अवैधानिक'

 पुस ७, २०७७ मंगलबार १३:३९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको भेलाले प्रचण्ड पक्षका सबै भेला र निर्णय अवैधानिक भएको दाबी गरेको छ ।

बिहान बसेको ओली पक्षीय केन्द्रीय समितिको बैठकपछि नेता प्रदीपकुमार ज्ञवालीले पार्टीको विधानअनुसार बैठकको  लागि अध्यक्ष र महासचिव हुनुपर्ने र बैठकको माइन्यूट पनि गरिनुपर्ने भएकाले अर्को पक्षका भेला र निर्णय व्यक्तिगत प्रयोजनको लागि मात्रै भएको दाबी गर्नुभयो । 

‘अध्यक्ष, महासचिव र माइन्यूट हामीसँगै छ, बैठकको लागि सूचना दिनुपर्छ, हामीले सूचना दिएर बैठक डाकेका छौँ, निर्णय भएको छ, त्यसैले नेकपाको आधिकारिक बैठक यही नै हो, अरु निर्णय त हामीले चिन्दैनौँ।’

केन्द्रीय समितिको बैठकले कसैलाई पनि कारबाही नगरेको र नेकपा एक ढिक्का भएको ज्ञवालीको दाबी छ । केही व्यक्तिका कारण पार्टी नफुट्ने भन्दै ज्ञवालीले संसद विघटन भएको तर पार्टी नभएको हेक्का राख्न पनि सुझाव दिएका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया