कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – सरकारले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट आउने कुनै पनि यात्रु नल्याउन एअरलाइन्सहरूलाई निर्देशन दिएको हो ।
बेलायतबाट वा कुनै पनि ट्रान्जिट भएर आउने यात्रु नबोक्न प्राधिकरणले निर्देशन दिएको छ । यो निर्णय बुधबार बेलुकादेखि लागू हुनेछ ।
बेलायतमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि विश्वका झण्डै ५० वटा देशले बेलायतसँगको उडान रद्द गरेर यात्रा प्रतिबन्ध लगाइसकेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईँले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी सङ्क्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको बताउनुभयो । युरोपियन युनियनले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उहाँले बताउनुभयो ।
बैठकले पुस १ गतेयता नेपाल आएकाहरूले अनिवार्य रूपमा ७ दिन क्वरेण्टीनमा बसेर जाँच गरेपछि मात्र घर/गन्तव्य जान पनि अनुरोध गरेको छ । यस्तै आज नेपाल आउन ट्रान्जिटमा रहनेले अनिवार्य रूपमा १० दिन होटल क्वरेण्टीनमा बसि परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जिबन
Dec. 22, 2020, 7:03 p.m.सरकारलाई लुट्ने बाटो भयो फेरि