इजरायलमा संसद् भङ्ग, दुई वर्षमा चौथो पटक चुनाव हुने

 पुस ८, २०७७ बुधबार १३:२४:३५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सत्तारुढ गठबन्धन सरकारले मङ्गलबार संसद् भङ्ग गरेको छ । संसद् भङ्ग भएपछि देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ । देशको संसद्ले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद् भङ्ग गरिएको हो ।  

इजरायल दुई वर्षमा चौथो चुनावको लागि अग्रसर हुने भएको छ । सम्भवतः अर्को वर्ष सन् २०२१ को मार्च २३ मा चुनाव हुने सीएएनएनले जानकारी दिएको छ । 

नेतन्याहु र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री बेनी गान्ट्जको नेतृत्वमा गठबन्धनले २०२० को बजेट स्वीकृत गर्न मध्यरात्रको म्याद गुमाएपछि संसद्को स्वतः भङ्गलाई बाध्य तुल्याएको थियो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको गठबन्धनका सांसदहरूले सरकारको पतनका लागि एक अर्कालाई दोष दिएका छन् ।

कोरोना भाइरसको यो महामारी चलिरहेको अवस्थामा नेतन्याहुलाई फेरि चुनावको लागि बाध्य हुनुपर्ने अवस्था रहेको छ । नेतन्याहुमाथि लामो समयदेखि पर्खाइमा रहेको भ्रष्टाचारको मुद्दा झनै तीव्र हुँदै गइरहेको छ ।

नेतान्याहूको दक्षिणपन्थी लिकुड र गान्ट्जको ब्लू एन्ड ह्वाइट पार्टीको नेतृत्वमा रहेको गठबन्धनले सन् २०२० को बजेट पारित गर्न मध्यरात्रिसम्म प्रयास गरेपनि सफल हुन सकेको थिएन ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया