उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बहुमत केन्द्रीय सदस्यको हस्ताक्षरसहितको पत्र निर्वाचन आयोगमा दर्ता गरेको छ ।
लीलामणि पोख्रेल, सुरेन्द्र पाण्डेसहितका नेता निर्वाचन आयोगमा पुगेर बहुमत सदस्यको हस्ताक्षर बुझाएको हो । अहिले आयोगमा बुझाइएको पत्रमा दुई सय ८७ जनाको हस्ताक्षर रहेको, तीन जनाले आफूहरू उपस्थित हुन नसकेको भन्दै पत्र पठाएको र १५ जनाले विविध कारणवश उपस्थित हुन नसके पनि समर्थन रहेको जानकारी गराएको नेता पोख्रेलले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रचण्ड–नेपाल समूहलाई समर्थन गर्ने केन्द्रीय सदस्यको सङ्ख्या तीन सय पाँच जना पुग्नेछ । जुन निर्वाचन आयोगमा दर्ता भएको चार सय ४१ सदस्यको बहुमत सङ्ख्या हो ।
नेकपाकै ओली समूहले सोमबारको मिति राखेर मङ्गलबार ११ सय ९९ सदस्यीय कमिटीको विवरण आयोगमा दर्ता गराइसकेको छ ।
ओली समूहमा १ सय २० जनाभन्दा कम सदस्य रहेको दाबी
प्रचण्ड–नेपाल समूहले ओली समूहमा एक सय २० जनाभन्दा थोरै केन्द्रीय सदस्य रहेको दाबी गरेको छ । निर्वाचन आयोगमा दर्ता भएका चार सय ४१ सदस्यमध्ये सात जनाले विभिन्न सरकारी पदमा नियुक्ति पाएको कारण सदस्य सङ्ख्या जम्मा चार सय ३४ रहेको पोख्रेलले बताउनुभयो ।
जसमा तीन सय पाँच जना प्रचण्ड–नेपाल पक्षको रहेको नेता लीलामणि पोख्रेलको दाबी छ । बाँकी एक सय २९ सदस्यमध्ये रामबहादुर थापा बादल पक्षका केन्द्रीय सदस्य कतै पनि नखुलेका कारण ओली पक्षमा एक सय २० भन्दा कम केन्द्रीय सदस्य रहेको पोख्रेलको दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।