११ दिनसम्म आन्दोलन गर्दा पनि उखु किसानको माग पूरा भएन

 पुष ८, २०७७ बुधबार १५:५७:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – उखु किसानले आज (बुधबार) ११ औँ दिन पनि काठमाण्डौको माइतीघरमा आन्दोलन गरिरहेका छन् । उखु बेचेको रकम भुक्तानीको माग गर्दै किसानले बुधबार हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

गएकाे मङ्सिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाण्डाै आएर सङ्घर्ष गरिरहेका किसानले उखुको पैसा हात नपरेसम्म काठमाण्डौ नछाड्ने अडान लिएका छन् ।

आफूहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको किसानको भनाइ छ तर उद्योगी र सरकारले भने धेरै रकम भुक्तानी भइसकेको र अब ४५ करोड रुपैयाँको हाराहारीमा मात्रै भुक्तानी बाँकी रहेको दाबी गर्दै आएका छन् ।

सरकारले गएकाे वर्षको माघ ७ गतेभित्र नै उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालकबीच सम्झौता गराएको थियो । तर एक वर्षसम्म पनि किसानले भुक्तानी नपाएपछि किसानहरू फेरि आन्दोलन गर्न बाध्य भएका हुन् ।

किसानहरूले सरकारसँग पटक–पटक कुराकानी भएको तर उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन् । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया