नेपालमा कोरोनाबाट ज्यान गुमाउने १८ सय नाघे, २४ घण्टामा ७४३ सङ्क्रमित थपिए

 पुष ८, २०७७ बुधबार १६:४७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय नाघेको छ । गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १८ सय तीन पुगेको छ । 

यस्तै गएको २४ घण्टामा नौ सय ५२ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म दुई लाख ४६ हजार ६ सय ६१ जनाले कोरोनालाई जितेका छन् । 

यसैगरी नेपालमा गएको २४ घण्टामा सात सय ४३ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ५५ हजार नौ सय ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ६ हजार पाँच सय ५९ जनाकाे पीसीआर परीक्षण भएकाेमा सात सय ४३ जनामा सङ्क्रमण देखिएकाे हाे ।

मन्त्रालयका अनुसार बुधबार (आज) काठमाण्डौ उपत्यकामा तीन सय १८ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा दुई सय ५० तथा भक्तपुर र ललितपुरमा ३४–३४ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

यसैबीच सरकारले बेलायतमा कोरोना भाइरसको ‘नयाँ प्रजाति’ देखिएकाले त्यहाँबाट र त्यहाँको ट्रान्जिट बनाएर नेपाल आउनेलाई अनिवार्य १० दिन होटल क्वरेण्टीनमा बस्न आग्रह गरेको छ । नेपाल प्रवेश गरेको सातदेखि १० दिनभित्र अनिवार्य पीसीआर परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बेलायत र त्यहाँको ट्रान्जिट बनाएर आएका व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्न सबै सरकारी प्रयोगशालालाई मन्त्रालयले निर्देशन  दिएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया