ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो

 पुष १०, २०७७ शुक्रबार ९:७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - ललितपुर र भक्तपुरमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ ।

ललितपुरको ग्वार्कोमा गाडीले ठक्कर दिँदा दुई जना पैदलयात्रुको ज्यान गएको प्रहरीले जनाएको छ । हिजो बेलुका वाग्मती प्रदेश ०३००१ च ०७१३ नम्बरको सुमोले ठक्कर दिएका हरिसिद्धी बस्ने ३४ वर्षकी सुनितासोती सापकोटा र ४५ वर्षका कृष्णप्रसाद तिमल्सिनाको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएका सापकोटा र तिमल्सिनाको उपचारका क्रममा बीएण्डबी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । गाडी र चालक पक्राउ परेका छन् । त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका ८ आदर्शचोकमा ट्रक पल्टिँदा चालकको ज्यान गएको छ ।

ना ६ खा ३९८२ नम्बरको ट्रक पल्टिँदा च्यापिएर चालक पर्साको विरगञ्ज महानगरपालिका १२ का ३० वर्षका अजमद्धिन अन्सारीको ज्यान गएको ट्राफिक प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: भदौ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया