स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - नेकपा प्रचण्ड-नेपाल समूहका मुख्य तीन शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल सडक आन्दोलनमा उत्रिनुभएको छ ।
पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार अरु नेताहरुसँगै उहाँहरु माइतीघर मण्डलाको प्रदर्शनमा सहभागी हुनुभएको हो ।
‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड छातीमा टाँसेर सडकमा पलेँटी कसेर बसेको उहाँहरुको तस्बिरको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने पूर्वघोषित कार्यक्रमअनुसार नेताहरु माइतीघर मण्डलामा पुगेर प्रदर्शन थालेका हुन् ।
प्रदर्शनमा विघटित प्रतिनिधिसभाका प्रचण्ड-नेपाल समूहका अरु सदस्यहरुले ‘हामी यहाँ छौँ’ लेखिएको प्लेकार्ड बोकेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा आज सर्वोच्च अदालत र निर्वाचन आयोग जाने प्रचण्ड-नेपाल समूहको तयारी छ ।
तस्बिर : सामाजिक सञ्जाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।