अबको ८ वर्षमा चीन विश्वको ठूलो अर्थतन्त्रको देश बन्ने : अध्ययन

 पुस १२, २०७७ आइतबार १०:३१:३३ | एजेन्सी
unn.prixa.net

चीन अबको ८ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको देश बन्ने एक अध्ययनले देखाएको छ ।

अध्ययन प्रतिवेदन अनुसार सन् २०२८ सम्ममा चीन विश्व अर्थतन्त्रको ठूलो देश बन्ने उल्लेख छ । बेलायतको सेन्टर फर इकोनोमिक्स एण्ड बिजनेश रिसर्च (सीईबीआर)ले सार्वजनिक गरेको प्रतिवेदनमा चीन अमेरिका र युरोपका देशहरु भन्दा अर्थतन्त्रमा माथि उठ्ने उल्लेख छ ।

कोरोना महामारीले अमेरिका र युरोपमा प्रभाव पारेको तर चीनले व्यवस्थापन गर्न सफल रहेकाले आर्थिक रुपमा बलियो बनाएको प्रतिवेदनमा उल्लेख गरिएको बीबीसीले जनाएको छ । सीईबीआरले हरेक वर्ष डिसेम्बर २६ मा वार्षिक इकोनोमिक लिग टेबल सार्वजनिक गर्ने गर्छ ।

सन् २०२० मा चीनले दुई प्रतिशतको आर्थिक बृद्धि हाँसिल गर्न सक्ने पनि अनुमान छ । गएको वर्ष चीनमा पहिलो पटक कोरोना भाइरस फेला परेको थियो । कोरोना भाइरसको सङक्रमणका कारण विश्वभरको अर्थतन्त्र प्रभावित भएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया