प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

 पुष १२, २०७७ आइतबार ११:८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -​ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रदेशसभाका ३६ जना सांसदहरुले अविश्वासको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् । निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले प्रस्ताव दर्ता गर्नुभएको हो । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपाका ६७ सांसदमध्ये प्रचण्ड–माधव पक्षमा ४० बढी सांसद छन् । यसअघि प्रदेशका सामाजिक विकास मन्त्रीसहित तीन जनाले राजीनामा दिएका छन् ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा दिनुभएको हो । हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोलाई मुख्यमन्त्री राईले पदबाट बर्खास्त गर्नुभएको थियो ।

 

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया