'आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेड' अवार्ड स्कटल्याण्डका काेट्जरलाई

 पुष १२, २०७७ आइतबार १५:६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एसाेसिएट प्लेअर अफ द डिकेडकाे अवार्ड स्कटल्याण्डका कप्तान केइल काेट्जरले जितेका छन् । आइतबार आईसीसीले एक ट्वीट गर्दै काेट्जर विजेता भएकाे घाेषणा गरेकाे हाे ।  

मनोनयनमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का परे पनि उनले अवार्ड जित्न सकेनन् । पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक टी–२० विश्वकप खेल्दै एकदिवसीयको पनि मान्यता पाएको थियो । 

आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका थिए ।  

मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला परेका थिए । 

एक दशकमा स्कटल्याण्डबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका काेट्जरले दुई वर्षअघि पाेखरा राइनाेजबाट एभरेस्ट प्रिमियर लिग (ईपीएल) पनि खेलेका थिए ।

 

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया