'फास्ट ट्र्याक' मा अप्टिकल फाइबर बिछ्याउन सम्झौता

 पुस १२, २०७७ आइतबार १७:३७:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ–तराई मधेश द्रुतमार्ग फास्ट (ट्र्याक) मा अप्टिकल फाइबर बिछ्यानका लागि नेपाल टेलिकम र नेपाली सेनाबीच सम्झौता भएको छ । ​

काठमाण्डौलाई तराईसँग जोड्ने  छोटो मार्गको रूपमा रहेको साढे ७२ किलोमिटर लामो द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन आयोजना र टेलिकमबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । द्रुतमार्ग निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने सम्झौतामा उल्लेख छ । 

तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ । यो काममा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले बेहाेर्ने छ ।  ​​

अप्टिकल फाइबर बिछ्याउने कामको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने टेलिकमले जनाएको छ ।   

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया