चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री ओली
मंसिर १०, २०८१ सोमबार
सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका ४ मैदानेमा नेत्रविक्रम चन्द (विप्लव) समूहले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ ।
सोमबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बरामद गरेको विस्फोटक पदार्थहरु प्रेस सम्मेलन गरेर सार्वजनिक गरिएको हो । विप्लव समूहले लुकाएर राखेको सैन्य प्रशिक्षणका दस्तावेज, लत्ताकपडा, टेन्ट दुई थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, सकेट बम चार थान, हतियार तथा कम्ब्याटसहितको जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राईको फोटो ६ वटा र पाँच वटा मोबाइलसहित ११ वटा सिम प्रहरीले सार्वजनिक गरेको हो ।
मैदाने भौगोलिक रुपमा समेत विप्लव कार्यकर्ताका लागि सजिलो ठाउँ भएकाले लामो समयदेखि उनीहरुले सेल्टर बनाएका छन् । त्यस ठाउँको जङ्गलमा विप्लव कार्यकर्ताहरुको समूह नै रहने गरेको प्रहरीको अनुमान छ ।
सोमबार दिउँसो सवा ३ बजेतिर प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान भएको थियो । सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज मल्लले प्रहरी र सशस्त्र बलको गस्ती टोलीमाथि फायरिङ गरेपछि जवाफी फायरिङ गर्नुपरेको जानकारी दिनुभएको छ ।
विप्लव कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भए पनि मानवीय क्षति भने भएको छैन । यसअघि पनि दुई पटकसम्म त्यस ठाउँमा दोहोरो भिडन्त भइसकेको छ ।
तस्बिर : नवीन गुरुङ, उज्यालो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।