खाेटाङ : सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी फाइल अख्तियारमा

 पुष १३, २०७७ सोमबार १९:४४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

खोटाङ – खोटाङको साकेला गाउँपालिकामा भएको सामाजिक सुरक्षा भत्ता अनियमिततासम्बन्धी फाइल अख्तियारमा पुगेको छ ।

एकै आर्थिक वर्षमा ८७ लाख रुपैयाँभन्दा बढी सामाजिक सुरक्षा भत्ता चुहावट भएको प्रतिवेदन सार्वजनिक भएपछि गाउँपालिका आफैले कारबाहीका लागि त्यससँग सम्बन्धित कागजातको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीलाई पठाएको हो । 

आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएको केही समयपछि गाउँपालिकाले आवश्यक कारबाहीका लागि अख्तियारलाई कागजात पठाएको जनाएको छ ।

मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा ‘फेक डकुमेन्ट’ बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिकाकी उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले एकै आर्थिक वर्ष लाखौँ रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

छानबिन समितिले बुझाएको प्रतिवेदनका साथमा सफाइका लागि सम्बन्धित वडासचिवले पेस गरेको कागजपत्रसमेत जस्ताको त्यस्तै अख्तियारमा पठाइएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्का (झंकार) ले बताउनुभयो । 

अख्तियारले रतन्छा र मात्तिमको सामाजिक सुरक्षा भत्ता अनियमिततासँग सम्बन्धित कागजात मगाएपछि सबै वडाको कागजात पठाइएको गाउँपालिकाका अध्यक्ष खड्काले बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया