संसद विघटनविरुद्ध विप्लव समूहसहित चार दलको संयुक्त मोर्चा गठन

 पुस १४, २०७७ मंगलबार १३:५६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसद विघटनको विरुद्धमा नेत्रविक्रम चन्द 'विप्लव' समूह र तीन वटा अन्य दलले संयुक्त मोर्चा बनाउने निर्णय गरेका छन ।

विप्लव समूह, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,  ऋषिराम कट्टेल समूहको नेपाल कम्युनिष्ट पार्टी र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा बनाउने निर्णय गरेका हुन् ।

विदेशी शक्तिको आड भरोसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद भंग गरेको र नागरिकका हकअधिकार कुल्चन खोजेको भन्दै मोर्चाले संयुक्त रुपमा संघर्षका कार्यक्रम गर्ने विज्ञप्तिमा उल्लेख छ ।

संसद विघटनको कदम नेकपाभित्रको विवादसँग मात्रै सम्बन्धित नभएर संसदीय व्यवस्था नै असफलताको उदाहरण रहेको पनि विप्लव समूह र अन्य पार्टीको निष्कर्ष रहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया