पानी जहाज र रेलको कुरा गरेर ओलीले झुक्याइरहे, ३ वर्ष उखान टुक्कामै बिताए - झलनाथ खनाल

 पुस १४, २०७७ मंगलबार १५:५३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप लगाउनुभएको छ ।

संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डौमा गरेको आमसभामा उहाँले कहिले पानी जहाजको कुरा त कहिले घर-घरमा पाइपबाट ग्यास ल्याउने कुरा गरेर नागरिकलाई झुक्याएको बताउनुभएको हो । यस्तै उहाँले ३ वर्षसम्मको अवधिलाई ओलीले उखान र टुक्कामै बिताएको आरोपसमेत लगाउनुभयो ।

आफूहरुले काम गर्न कुनै अवरोध नगर्दासमेत केही कामै नगरि ३ वर्षको समयलाई अर्थहिन बनाएर जनमतको अपमान गरेको उहाँले बताउनुभयो । यस्तै आम नागरिकले जनमत केपी ओलीलाई नभएर नेकपा पार्टीलाई दिएकोसमेत बताउनुभयो ।

रानीपोखरी, धरहरालगायत संरचना प्रधानमन्त्री ओलीको पालामा भएको भए पनि यो निर्माणमा उहाँको भूमिका खासै नरहेको उहाँले बताउनुभयो । यस्तै उहाँले बालुवाटार पुगेकै दिनदेखि ओलीले पार्टी बिर्सिएको आरोप लगाउँदै अब चुप लागेर बस्न नहुने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया