सुदूरपश्चिम हाम्रो कब्जामा हुनेछ : ओली

 पुस १५, २०७७ बुधबार १७:३९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम आफ्नो दलको कब्जामा हुने दाबी गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई काठमाण्डौमा सम्बोधन गर्दै ओलीले सुदूरपश्चिममा अब आफ्नो दलको बर्चस्व हुने र त्यसको लागि कडा परिश्रम गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘सुदूरपश्चिमका जुझारु कार्यकर्ताले हाम्रो पार्टीलाई पहिलो बनाउनेछन्, सुदूरपश्चिम अब हाम्रो पार्टीको कब्जामा हुनेछ’, ओलीले भन्नुभयो ।

पार्टीको संगठन निर्माण भइरहेको र सबै ठाउँमा नियुक्ती पूरा भइ नसकेकाले पद पाइन भनेर चित्त नदुखाउन पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

2 Comments

  • Rishi Pokharel

    Dec. 31, 2020, 4:13 a.m.

    यो कुरा चाहिँ म पनि मान्छु सम्माननिय प्रधानमन्त्री ज्युको पालोमा जति काम अहिले सम्म कसैले गरेको थिए न गर्नेछन।तर अब भयो यो भन्दा ज्यादा नगर्नुस भबिष्यमा हाम्रा सन्तानले ईतिहास पढ्दा हरेक पानामा हजुरको मात्र नाम न आओस अरुलाइ पनि त्यस्ता पानाहरुमा नाम राख्न खाली ठाउँ चाहिने छ😂😂🤣

  •  0 Reply
  • Binal Gurung

    Dec. 30, 2020, 5:53 p.m.

    के गर्नु ओलीजीले पद दिंदै कार्यकर्ता भर्ती गर्नुहुन्छ / अब ओली क्याम्प बनाएर कम्पनी खोल्दा राम्रो हुन्छ होला /

  •  0 Reply

तपाईको प्रतिक्रिया