किन जान्छ झ्याप्प-झ्याप्प बिजुली ?

 पुष १५, २०७७ बिहीबार ५:२६:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - जाडोयाम बढ्दै जाँदा बिजुलीको खपत पनि वृद्धि हुँदै जान्छ । विभिन्न विद्युतीय उपकरणहरूको प्रयोग बढ्दा खपत बढिरहेको छ अथवा प्रणालीको लोडरपिक बढिरहेको छ । 

गएको शुक्रबारको कुरा गर्दा नेपालको विद्युतीय प्रणालीमा उच्चतम माग १४ सय ३० मेगावाट थियो । त्यही दिन इनर्जी खपत अर्थात् विद्युत् शक्ति दुई करोड ५१ युनिट खपत भयो । यो युनिट विद्युत् प्राधिकरण, जलविद्युत् गृहहरू, निजी क्षेत्रका गृहहरूबाट र अपुग भएको भारतबाट आयात गरिएको हो ।  

लोडसेडिङ छैन, यो हटेको ४/५ वर्ष भइसकेको छ र अहिले पनि लोडसेडिङ होइन् । केही–केही समय विभिन्न ठाउँमा बत्ती जाँदा, विद्युत् प्रणालीमा आकस्मिक आउने विभिन्न समस्या, त्यसलाई निराकरण गर्ने क्रममा केही समय, केही मिनेट सटडाउन गरेर मर्मत गर्ने हुँदा विद्युत् अवरुद्ध हुन्छ । 

यसैगरी विभिन्न लाइन, ट्रान्सफर्मर, बिजुलीको पोल परिवर्तन गरिरहेको अवस्थामा केही समय विद्युत् अवरोध गरेर मर्मत गर्नुपर्ने हुन्छ । यस्तो अवस्था अन्य समयको तुलनामा जाडोयाममा धेरै समस्या आउँछ । यो समयमै प्रणालीको लोडरपिक बढी हुन्छ । प्रणालीमा नै बढी लोड भएपछि समस्या आउने हो, त्यही कारण विद्युत् अवरुद्ध भएको हो, यो लोडसेडिङ हुँदै होइन । 

आम नागरिकले लोडसेडिङ भयो भन्नु मनोवैज्ञानिक धारणा मात्रै हो । यो अघिल्लो वर्ष पनि हुन्थ्यो र अहिले पनि छ, घटी/बढी भने हुन सक्छ । विभिन्न प्राविधिक समस्याका कारण विद्युतमा अवरोध पहिले नि थियो र अहिले पनि छ । हामीले प्रणाली सुधार गर्दै गएका छौँ, हामीकहाँ पूरै पुरानो प्रणाली छ । यसलाई मर्मत गरेर चलाउने हो । अब नयाँ–नयाँ प्रणालीको काम हुँदैछ, त्यसमा समय लाग्छ । 

तर यो सानो–तिनो बन्द हुने केही समय भइरहन्छ, जानकारीका लागि सूचना पनि निकालिएको हुन्छ । कुनै ठाउँमा मर्मतको काम हुँदैछ भने पूर्वसूचना दिन्छौँ तर कहिलेकाहीँ कुनै समस्याले आउने कुरा त पूर्वसूचना नभइ आउँछ । त्यस्तो अवस्थामा हामीले सूचना दिन पनि भ्याउँदैनौँ । तत्काल आएको समस्यालाई हामीले निराकरण गरिरहेका हुन्छौँ । 

केही व्यक्तिले लोडसेडिङ भयो भन्नु पूर्वाग्राही किसिमले भनेको मात्रै हो अन्यथा विद्युतमा समस्या छैन ।

(नेपाल विद्युत प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनासँग गरिएको कुराकानीमा आधारित)

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया