भारतको दिल्लीमा भाजपालाई दुई तिहाइ बहुमत
माघ २७, २०८१ आइतबार
काठमाण्डौ - अहिले देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल र पश्चिमी तराईमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँकाअनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने छ भने बाँकी ठाउँको मौसम सफा रहने छ ।
तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट हट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने अनुमान गरिएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।