कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
काठमाण्डाै – गृहमन्त्री रामबहादुर थापाले राष्ट्रपतिको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा भइरहेको अमर्यादित अभिव्यक्ति दिनेमाथि कारबाही गरिने जानकारी दिनुभएको छ ।
अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) ले आइतबार (आज) बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले अमर्यादित अभिव्यक्ति दिनेमाथि मन्त्रालयले छानबिन सुरु गरिसकेको बताउनुभयो ।
मन्त्री थापाले भन्नुभयो, 'राष्ट्रपतिको बारेमा सडकबाट राजनीतिज्ञले उठाएको विषय गैरकानुनी र आपराधिक हो, त्यसबारेमा छनबिन भइरहेको छ, कारबाही गर्न निर्देशन दिएको छु ।' सङ्घले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध सडकमा र सामाजिक सञ्जालमा अत्यन्तै अमानवीय, अमर्यादित, अशोभनीय, अराजक र निकृष्ट ढङ्गका भाषा र अभिव्यक्ति आइरहेकोमा आपत्ति जनाउँदै छानबिन गरी कारबाही गर्न माग गर्दै गृहमन्त्री समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको हो ।
'आगामी वैशाखमा चुनाव गराउने निर्णय स्वागतयोग्य छ, लोकतन्त्रमा सभा, जुलुस गर्ने आ–आफ्ना विचार अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर अराजक र निकृष्ट ढङ्गबाट अभिव्यक्ति दिनु आपत्तिजनक छ', ज्ञापन पत्रमा भनिएको छ ।
सङ्घले आगामी चुनावलाई स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गराउन पनि सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको तर्फबाट नेतृहरु सुजिता शाक्य, तीर्था गौतम, अधिकारकर्मी शर्मिला कार्कीलगायतले मन्त्री थापालाई भेटेर ध्यानाकर्षण गराउनुभएको हो ।
टोलीले आइतबार नै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई पनि भेटेर ज्ञापनपत्र बुझाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।