स्थायी बासस्थानको आशामा बित्यो काभ्रेका बाढीपहिरो पीडितको एक ...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिनको कारोबारमै शेयर बजारमा हरियाली छाएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार ८८ दशमलव १२ अङ्कले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा पुगेको छ ।
यो नेप्सेको इतिहासमा अहिलेसम्मकै उच्च विन्दुको रेकर्ड हो । यसअघि गएको बिहीबार नेप्सेमा २ हजार ८७ विन्दुको रेकर्ड बनेको थियो ।
आइतबार कारोबार भएका सबै समूहको शेयर बढेको छ । जीवन बीमा समूहको शेयर ५ सय ५० अङ्कले, निर्जीवन बीमा समूहको २ सय ६८ अङ्कले, उत्पादन समूहको २ सय ६४ अङ्कले, व्यापारको २ सय २१, अन्य समूहको १ सय ३ अङ्कले र बैंकिङ समूहको ७० अङ्कले बढेको छ ।
२ सय १२ कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब ३४ करोड ४० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स र प्राइम कमर्सियल बैंकको ५० करोडभन्दा धेरैको शेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै साल्ट ट्रेडिङ र हिमालयन डिस्टिलरी कम्पनीका शेयरधनीले १० प्रतिशतका हिसाबले कमाएका छन् । समग्र बजारमा उछाल आए पनि राधी जलविद्युत् कम्पनीका लगानीकर्ताले ४ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।