पश्चिमी वायुको प्रभाव : देशका धेरै ठाउँको मौसम बदली, हिमपात र वर्षा हुने मौसमविद्को अनुमान

 पुस १९, २०७७ आइतबार १७:६:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ ।

हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार (आज) कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना नरहेको माैसमविद् श्रेष्ठले बताउनुभयो । पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्काे अनुमान छ ।

यो प्रणालीका कारण मङ्गलबार (पर्सि) सम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । दिउँसोको समयमा बेलाबेलामा घाम लागे पनि फेरि बदली हुने उहाँको भनाइ छ ।

यस्तै पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया