चुनावको नतिजा उल्ट्याएर भोट दिलाइदिन ट्रम्पले आग्रह गरेको खुलासा

 पुष २०, २०७७ सोमबार ९:१८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net


काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचन अधिकारीलाई चुनावको नतिजा उल्ट्याएर आफूलाई भोट दिलाइदिन आग्रह गरेको खुलासा भएको छ । 

गएको नोभेम्बर ३ तारिखमा भएको राष्ट्रपतीय चुनावमा हार व्यहोरेका ट्रम्पले जितका लागि नतिजा उल्ट्याइदिन आग्रह गरेको फोन रेकर्डिङ सार्वजनिक भएको हो । राष्ट्रपति ट्रम्पले चुनावको नतिजालाई अहिलेसम्म स्वीकार गर्नु भएको छैन । 

उहाँले चुनावमा  धाँधली भएको आरोप लगाउँदै जर्जिया राज्यका शीर्ष निर्वाचन अधिकारीलाई आफूलाई जिताउन आवश्यक मतको बन्दोबस्त गरिदिन आग्रह गरिरहेको फोन रेकर्डिङ सार्वजनिक भएको बीबीसीले जनाएको हो ।

वासिङ्टन पोस्टले सार्वजनिक गरेको फोन रेकर्डिङका अनुसार ट्रम्पले रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्रेड रेफनस्पर्जरसँग आफूलाई ११ हजार ७८० भोट मात्रै चाहिएको बताउनु भएको छ ।रेफनस्पर्जरले भने फोनमा ट्रम्पलाई जर्जियाको नतिजा सही भएको बताउनुभएको छ ।

जर्जियामा जाे बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेर चुनाव जित्नुभएको छ भने ट्रम्पले २३२ भोट मात्र प्राप्त गर्नुभएको थियो । तर ट्रम्पले यो नतिजालाई अस्वीकार गर्दै आउनु भएको छ ।

जो बाइडेनले यही जनवरी २० तारिखमा अमेरिकाको राष्ट्रपतिका रुपमा शपथ ग्रहण गर्दै हुनुहुन्छ । 
 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया