शेयर बजार लगातार तेस्रो दिन घट्यो

 वैशाख ९, २०८२ मंगलबार १५:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ९ दशमलव ९६ अङ्कले घटेर २ हजार ६ सय ८८ दशमलव ३२ विन्दुमा झरेको छ ।

आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, लगानी र व्यापार समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज कर्पाेरेट विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३ सय १९ वटा कम्पनीका २ करोड २५ लाख कित्ता शेयर ८ अर्ब ३२ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: बैशाख ९, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया