आकाश खुलेपछिको काठमाण्डौ (फोटो फिचर)

 पुस २२, २०७७ बुधबार १२:४१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आइतबार बेलुकीदेखि बदली भएको मौसम बुधबार बिहानदेखि खुल्न थालेको छ ।

काठमाण्डौमा दुई दिनपछि पारिलो घाम लागेको छ । सोमबार र मंगलबार घाम नलाग्दा दिउँसै आगो ताप्नेहरु सडक छेउछाउमा देखिन्थे । बुधबार भने सडकको छेउ, चोक र चौरमा घाम ताप्नेहरुको चहलपहल छ । आकाश खुल्दै घाम लागेपछि प्रदुषण केही घटेको छ ।

घाम लागेपछि र हावा चल्न थालेपछि प्रदुषण घट्ने विज्ञहरुले बताएका छन् । तर प्रदुषणको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन विज्ञको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया