डब्ल्यूएचओकाे टिम चीन प्रवेश गर्न पाएन

 पुस २२, २०७७ बुधबार १४:३५:४४ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान जान लागेकाे डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । 

भिसामा समस्या भएका कारण टाेली चीन प्रवेश गर्न नपाएको डब्ल्यूएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डब्ल्यूएचओका दुई जना चीनको यात्रामा निस्किएकामा एक जना फर्किएका र अर्का एक जना तेस्रो देशको ट्रान्जिटमा रहेका बताइएकाे छ । 

लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो । वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने तयारी गरेको छ ।

गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको सङ्क्रमण विश्वभर फैलिएको छ ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया