काम गर्ने वातावरण नभएकाे भन्दै सुदूरपश्चिमका आर्थिक मामिलामन्त्रीकाे राजीनामा

 पुस २२, २०७७ बुधबार १६:११:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार (आज) पदबाट राजीनामा दिनुभएको छ ।

मन्त्रालयमा बुधबार अपराह्न साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उहाँले आफ्नो राजीनामाको घोषणा गर्नुभयो । विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषदमा रहि काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उहाँले स्पष्ट गर्नुभयो ।

उहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिनुहुन्छ ।  

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया