ट्रम्पका समर्थकद्वारा क्यापिटल बिल्डिङभित्र पसेर प्रदर्शन

 पुष २३, २०७७ बिहीबार ६:४०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले क्यापिटल बिल्डिङभित्र पसेर प्रदर्शन गरेका छन् ।

अमेरिकी कांग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र छिरेका थिए । त्यसपछि बहस नै रोक्नु परेको थियो । ट्रम्पका समर्थकहरुले चुनावी परिणाम रद्द गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।

त्यसक्रममा केही प्रदर्शनकारी र प्रहरीबीच झडप पनि भएका छ । अवस्था नियन्त्रण बाहिर गएपछि थप सुरक्षा बल तैनाथ गरिएको थियो । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले विलमिङ्टन, डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अघि बढाउन दिन आग्रह गर्नुभएको छ ।

उहाँले सम्बोधनका क्रममा ट्रम्पका समर्थकले गरेको विरोध नभएर विद्रोह भएको समेत बताउनुभयो । प्रदर्शनका कारण अहिले वासिङ्टन डीसीमा कर्फ्यु लागू गरिएको छ । ट्रम्पले गएको नोभेम्बर ३ मा भएको चुनावको मतपरिणामलाई अस्वीकार गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया