सुनको भाउ एकैदिन १३ सय रुपैयाँले घट्यो

 पुस २३, २०७७ बिहिबार ११:३१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सुनको भाउ आज एकैदिन ताेलामा १ हजार ३ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आज तोलामा ९५ हजार ४ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा ९६ हजार ७ सय रुपैयाँ तोकिएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटबढ हुँदा नेपालमा पनि घटबढ हुने गरेको छ । चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँ घटेर तोलाको १३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया