पार्टी फुटाउनुको एउटा पनि औचित्य देखेको छैन : नेता गौतम

 पुस २३, २०७७ बिहिबार १३:४९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले नेकपा फुटाउनुको एउटा पनि औचित्य नदेखेको बताउनुभएको छ ।

राष्ट्रिय सभा सदस्यसमेत रहनुभएका गौतमले राष्ट्रिय सभाको बैठकमा नेता गौतमले पार्टीभित्र वादविवाद हुने तर ती वादविवाद पार्टीलाई बलियो बनाउनको लागि हुनुपर्नेमा त्यस्तो नभएको बताउनुभयो । 

‘पार्टी फुटाउनुकाे कुनै औचित्य नै देख्दिनँ, एउटा पनि औचित्य देख्दिनँ, नेताहरूले किन यस्तो गरिरहनुभएको छ, मैले बुझेको छैन’, गौतमले भन्नुभयो । 

पार्टीका हरेक बैठकमा आफूले नेताहरूको कार्यशैली सुधार्न माग गरेको तर नेताहरू नसुध्रिएको नेता गौतमको भनाइ छ । पार्टीमा समस्या आउनुको मुख्य कारण केपी शर्मा ओली नै रहेको गौतमको दाबी छ । 

‘म प्रधानमन्त्रीको कार्यशैलीको कट्टर आलोचक हुँ, हरेक बैठकमा मैले गलत कार्यको विरोध गरेँ, उहाँले त्यसलाई सकारात्मक रूपमा लिनुभएन, पार्टीमा विवाद आउनुको मुख्य कारण नै उहाँ हो’, गौतमले भन्नुभयो ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया