नेपालमा काेराेनाबाट ज्यान गुमाउने १९ सय नाघे

२४ घण्टामा ४१२ जनामा सङ्क्रमण, ४८३ जना डिस्चार्ज

 पुस २३, २०७७ बिहिबार १७:१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा ज्यान गुमाउनेको सङ्ख्या १९ सय नाघेको छ । गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या १९ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा चार सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिहीबार (आज) सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ५८ जना रहेको छ । यीमध्ये एक हजार पाँच सय ६१ जना सङ्क्रमित होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । बाँकी ३ हजार ४ सय ९७ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा छन् ।

यस्तै गएको २४ घण्टामा चार सय ८३ जना निको भएसँगै कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया