दार्चुलाको राप्लामा खाद्यान्नको चामल डिपोसम्म पुगेन
जेठ ४, २०८१ शुक्रबार
पाँचथर – एक नगरपालिकासहित आठ स्थानीय तह रहेको पाँचथरका स्थानीय तहले आन्तरिक आयस्रोत वृद्धि गर्न विभिन्न ठाँउमा कर उठाउनेदेखि लिएर खोलामा माछा मार्न टेण्डर सम्मको आह्वान गरेको छ ।
यहाँका स्थानीय तहले आफ्नो क्षेत्रमा लाग्ने हाटमा कर संकलन लागि टेण्डरको आह्वान गरेक छन् ।
जिल्लाको एकमात्र नगरपालिकाले विज्ञापन कर संकलनका लागि न्यूनतम रकम १ लाख ५० हजार तोकेको छ । हाट बजार कर न्यूनतम रकम १ लाख, पार्किङ शूल्कको न्यूनतम शूल्क ४ लाख रुपैयाँ हुनेगरी ठेक्का लगाइएको छ ।
यस्तै फाल्गुनन्द गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र लाग्ने हाटबाट कर संकलनको लागि ठेक्का आह्वान गरेको छ । पालिकाले फाक्तेप वजारमा महिनामा दुई पटक लाग्ने हाटबाट न्यूनतम १ लाख १६ हजार, राँकेमा लाग्ने हाटबाट ६९ हजार, नवमिडाँडामा लाग्ने हाटबाट ४६ हजार ४ सय रुपैयाँ हुनेगरी ठेक्का आह्वान गरेको छ ।
साथै इलाम जिल्लासँग सीमा जोडिएको फाल्गुनन्द गाउ पालिकाले २ लाख न्यूनतम रकमको फाक्तेप, पात्लेभञ्ज्याङ र राँके निकासी कर संकलनको ठेक्का आह्वान गरेको छ । यस्तै जिल्लाको उतरी याङवरक गाउँपालिकाले पालिकाको क्षेत्रभित्रका नदी तथा खोलामा तिते माछा तथा अन्य माछा मार्नको लागि ठेक्का आह्वान गरेको छ । स्थानीयको पुर्ख्याैली पेशाको रुपमा रहेको तिते माछा मार्न विगतबाटै ठेक्का गरिँदै आए पनि यस वर्षबाट गाउँपालिकाले ठेक्का आह्वान गरेको हो । गाउँपालिकाले माछा मार्न १ लाख ५० हजार न्यूनतम रकम हुने गरी ठेक्का आह्वान गरेको हो ।
स्थानीय तहले प्राप्त गरेको अधिकारको उपभोग गर्दै विगतमा कर संकलन नभएका क्षेत्रमा कर उठाउन थालेका हुन् । यसले स्थानीय तहको आन्तरिक आय वृद्धि हुने तथा कर लगाइएका क्षेत्र व्वस्थित हुने भए पनि नागरिकले हरेक क्षेत्रमा कर तिर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उद्योगी, व्यवसायीले करको दायरा घटाउनुपर्ने माग गर्दै आएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ ।