२०२१ मा चीनको आर्थिक वृद्धिदर ७‍.९ प्रतिशत हुने आइएमएफकाे प्रक्षेपण

 पुस २५, २०७७ शनिबार ५:४६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्ष चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले कोभिड-१९ को सङकटले ग्रस्त एक वर्षको महत्त्वपूर्ण मानवीय र आर्थिक लेखाजोखापछि २०२१ को लागि चीनको आर्थिक वृद्धि सात दशमलव नौ प्रतिशत हुने प्रक्षेपण गरेको समाचार संस्था एफपीले जनाएको छ । 

आइएमएफले यसअघि यस वर्ष चीनको आर्थिक वृद्धिदर नौ दशमलव ८२ प्रतिशत रहने अनुमान गरेको थियो । कोरोना भाइरसले विश्वभर आर्थिक संकट परिरहेका समय विश्वका प्रमुख अर्थतन्त्रमध्ये आर्थिक वृद्धिलाई कायम राख्ने चीन एक मात्र देश बनेको छ । 

विश्वव्यापी महामारी रोक्न विश्व समुदायले आंशिक तथा पूर्ण लकडाउन भएर उद्योग तथा कलकारखाना बन्द हुँदा विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्ला महिनाहरूमा आर्थिक वृद्धि दरलाई विस्तार गर्न सफल भएको हो । 

आइएमएफले पहिले प्रक्षेपण गरेको आर्थिक वृद्धि दरभन्दा कम रहेको भए पनि चीनले आफ्नो अर्थतन्त्रलाई विस्तार गर्न सफल भएको खबरमा उल्लेख छ । आईएमएफका अनुसार चिनियाँ अर्थव्यवस्थाले महामारीबाट आफ्नो छिटो पुनः प्राप्तिलाई निरन्तरता दिइरहेको छ । चीनले कोभिड–१९ महामारी नियन्त्रण प्रयास र संकटको प्रभावलाई छोटो समयमा कम गन नीतिगत कार्यहरूले सहयोग पुर्याएको छ । 

आइएमएफले २०२० को लागि तय गरेको विश्वको एक दशमलव ९ प्रतिशतको आर्थिक वृद्धि कायम भएमा आर्थिक सुधारको युग सुरु हुनुभन्दा ठीक अघि १९७६ पछि सबैभन्दा खराब प्रदर्शन हुनेछ । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया