अमेरिकामा नवनिर्वाचित राष्ट्रपति ट्रम्पबाट मन्त्रीमन्डल पूर्णता
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को टिम चीनको वुहान सहर पुगेको छ । यो टिम कोभिड–१९ को सुरुवात कसरी भयो, यसबारेमा जाँच गर्न वुहान पुगेको हो । विश्व स्वास्थ्य सङ्गठन र चीनबीच लामो समयसम्म चलेको छलफलपछि कोरोना भाइरसको जाँच, अनुसन्धानका लागि सहमति बनेको हो ।
१० वैज्ञानिकको यो टिमले अनुसन्धान संस्था, अस्पताल र सी–फुड बजारमा रहेका व्यक्तिसँग अन्तर्वार्ता लिनेछ ।
सन् २०१९ को अन्त्यतिर वुहानमा पहिलो पटक कोभिड–१९ को सङ्क्रमण भेटिएको थियो ।
बिहीबार यो टिम वुहान पुग्दा त्यहाँको जनजीवन लगभग सामान्य भएको पायो तर उत्तरी चीनमा कोरोनाको नयाँ सङ्क्रमण देखिन थालेको छ ।
विश्व स्वास्थ्य सङ्गठनको टिमले जाँच सुरु गर्नुअघि पहिलो दुई हप्तासम्म क्वरेण्टीनमा रहनेछ । यो टिमले जाँचको क्रममा चिनियाँ अधिकारीहरूले दिएको नमुना र प्रमाणको प्रयोग गर्नेछ ।
यो टिमले कुन जनावरबाट कोरोना सुरु भएको हो, यसको जाँच पनि गर्नेछ ।
विश्व स्वास्थ्य सङ्गठनमा विश्वव्यापी सङ्क्रमण र प्रतिक्रिया इकाइका प्रमुख प्रोफेसर डेल फिशरले बीबीसीसँग भने, ‘विश्वलाई यसलाई एक वैज्ञानिक यात्राको रुपमा लिने विश्वास छ ।’
उनले भने, ‘यस राजनीतिक र आरोप–प्रत्यारोपको विषय होइन बरु यो एक वैज्ञानिक प्रश्नका अनुसार जाने कोसिस हो ।’
प्रोफेसर पिशरका अनुसार धेरै वैज्ञानिक यो भाइरस ‘प्राकृतिक रूप’ मा आएको मान्छन् ।
सुरुमा कोभिड–१९ वुहानको सुरुवात वुहानको मासु बजारबाट फैलिएको मानिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।