नेपालमा पीसीआर परीक्षण २० लाख नाघ्याे

 माघ १, २०७७ बिहीबार १६:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पीसीआर परीक्षणकाे सङ्ख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ३२ जनाको पीसीआर परीक्षण भएसँगै कुल सङ्ख्या २० लाख दुई हजार ४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै पछिल्लाे २४ घण्टामा चार सय तीन जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै कुल सङ्क्रमितकाे सङ्ख्या दुई लाख ६६ हजार पाँच सय ४६ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।

साथै पछिल्लाे २४ घण्टामा चार सय पाँच जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे कुल सङ्ख्या दुई लाख ६० हजार एक सय ७७ पुगेकाे छ । 

थप ६ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाका कारण ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार नाै सय ४३ पुगेकाे छ । 

बिहीवारसम्म चार हजार चार सय २६ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् भने दुई सय ३१ जना क्वरेण्टीनमा रहेका छन् ।   

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया