हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै - देशका धेरै ठाउँमा मौसम बद्ली भएको छ । तराईमा शीतलहरको जोखिम बढ्दै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
झण्डै एक हप्तादेखि तराईका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको र शीतलहरको सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । यो वर्ष तराईमा अहिलेसम्म शीतलहर परेको छैन । तर, हुस्सु र कुहिरो भने लागिरहेको छ । हुस्सु र कुहिरो निरन्तर रहेमा शीतलहरको सम्भावना बढ्ने मौसमविद् गंगा नगरकोटीको भनाइ छ ।
धेरै दिनदेखि तराईमा घाम नलाग्दा जनजीवन प्रभावित भएको छ । पूर्वी र मध्य तराईका जिल्लामा हुस्सु र कुहिरो उस्तै रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । पश्चिमी तराईका जिल्लाहरुमा भने हिजो अस्तिको तुलनामा हुस्सु र कुहिरो हट्दै जान थालेको छ ।
बालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् । दैनिक ज्याला मजदूरी गरेर खानेहरुलाई घराबाहिर निस्कन समस्या भएको छ । काठमाण्डौमा पनि कुहिरो निरन्तर लागिरहेको छ । कुहिरो तत्काल हटेर जाने सम्भावना नरहेको मौसमविद् नगरकोटीले बताउनुभयो ।
आउँदो तीन दिनसम्म नै मौसमी प्रणाली हिजो अस्तिको जस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा हिजो ५ दशमलव ३ डिग्री तापक्रम रहेकोमा आज बढेर ५ दशमलव ५ डिग्रीमा पुगेको छ ।
काठमाण्डौमा बिहान र बेलीकीपख कुहिरो लाग्ने साथै दिउँसो तुवालो लाग्ने हुँदा तापक्रममा खासै घटबढ नभएको मौसमविद्को भनाइ छ । पश्चिमी वायु नेपाल प्रवेश गरेमात्रै देशका विभिन्न ठाउँमा लागेको कुहिरो हटेर जानेछ ।
अहिलेसम्म पश्चिमी मौसमी प्रणाली नआएकाले देशका धेरै ठाउँहरुमा निरन्तर कुहिरो लागिरहेको मौसमविद् नगरकोटीले बताउनुभयो । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँहरुमा अहिले बादल लागेको छ । प्रदेश एकका केही ठाउँमा पानी पर्ने सम्भावना छ ।
आज राति पनि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । अझै केही दिन मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।