कोरोना महामारीका बीच चीनको अर्थतन्त्रमा सुधार, जीडीपी २.३ प्रतिशतले बढ्याे

 माघ ५, २०७७ सोमबार १६:१३:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : सिन्ह्वा, हाइकाेओ सहर

काठमाण्डाै – कोरोना भाइरसकाे महामारीका बीच सन् २०२० मा चीनको अर्थतन्त्रमा सुधार आएकाे छ । चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२० मा चीनकाे कुल गार्हस्थ्य उत्पादन (जीडीपी) २ दशमलव ३ प्रतिशतले बढेको उल्लेख गरिएको छ ।

चीनले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा चालेको प्रभावकारी कदम र अन्य व्यापार व्यवसायका लागि आपत्कालीन राहतको व्यवस्थाका कारण अर्थव्यवस्थामा सकारात्मक प्रभाव परेको बीबीसीले जनाएको छ ।

गएको वर्षको अन्तिम त्रैमासिकमा चीनको जीडीपी ६ दशमलव ५ प्रतिशतले बढेको थियो भने तेस्रो त्रैमासिकमा ४ दशमलव ९ प्रतिशतले बढेको थियो । कोरोना भाइरसको जोखिम अहिले पनि उत्तिकै रहेकाले केही कलकारखाना तथा विकास निर्माणका काम ढिलो गतिमा भइरहेको बताइएकाे छ । 

कोरोना भाइरसकाे महामारीका कारण विश्वका धेरै देशकाे अर्थतन्त्र खस्किएकाे अवस्थामा भाइरसकाे उद्गमस्थल मानिँदै आएको चीनको अर्थतन्त्र भने सुधारतर्फ गएकाे हाे ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया