थप ३२२ जनामा काेराेना सङ्क्रमण, ३७४ जना डिस्चार्ज

 माघ ५, २०७७ सोमबार १६:३३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा साेमबारसम्म काेराेना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार आठ सय ६१ रहेको छ ।

गएको २४ घण्टामा थप तीन सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लाे २४ घण्टामा तीन सय ७४ जना कोरोनामुक्त भएका छन् । योसँगै अहिलेसम्म डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख ६१ हजार आठ सय १८ पुगेको छ ।

नेपालमा अहिलेसम्म दुई लाख ६७ हजार ६ सय ४४ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाै सय ६५ पुगेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया