एटीएम फोडेर पैसा चोर्न खोज्ने एक जना पक्राउ

 माघ ५, २०७७ सोमबार २०:१७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एटीएम मेशिन फोडेर पैसा चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको छ । 

आइतबार राति सवा २ बजे ठुलो भर्‍याङमा एनआईसी एसिया बैंकको एटीएम मेशिन फोडि नगद रकम चोरी गर्न खोज्ने बैतडीको महादेवस्थान गाँउपालिकाका कमलबहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो । 

उनको साथबाट मेशिन फोड्न प्रयोग हुने औजारसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले बेलैमा थाहा पाएकोले उनले नगद चोर्न नपाएको बताइएकाे छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया