ओलीलाई स्पष्टीकरण साेध्ने निर्णयकाे पत्र दाहाल–नेपाल समूहले बालुवाटारमा बुझायाे

 माघ ५, २०७७ सोमबार १८:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ ।

पार्टीको विधान विपरीत काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाएको दाहाल–नेपाल समूहले पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधिएको पत्र बालुवाटारमा बुझाएको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

दाहाल–नेपाल समूहको माघ २ गते बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार स्पष्टीकरण सोधिएको पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार जानुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवासको गेटमा रहेका सुरक्षाकर्मीहरूले पत्र बुझेका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।  

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया