द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्...
बैशाख ४, २०८२ बिहिबार
काठमाण्डाै – सरकारले कारोना भाइरसकाे महामारीका कारण अर्थतन्त्रमा परेको क्षति पूर्ति गर्न राहत र पुनर्स्थापनाका पाँच वटा रणनीति बनाएर काम गर्ने भएको छ । प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा राष्ट्रिय योजना आयोगले पाँच वटा रणनीति बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जनाएको हो ।
सङ्क्रमण नियन्त्रण तथा राहत, रोजगारी, आयोजनाको निरन्तरता, नयाँ प्रणाली विकास तथा अवलम्बन र आत्मनिर्भरता अभिवृद्धि गरी पाँच वटा रणनीति तय गरिएको आयोगले जनाएको छ ।
यी रणनीति पूरा गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ चाहिने भएको छ । सङ्क्रमण नियन्त्रण तथा राहतका कार्यक्रममा दुई खर्ब ६९ अर्ब, रोजगारीमा ९२ करोड ६२ लाख, आयोजना निरन्तरतामा एक खर्ब १४ अर्ब ५१ करोड, नयाँ प्रणाली विकास तथा अवलम्बनमा एक खर्ब १९ अर्ब ५६ करोड र आत्मनिर्भरता अभिवृद्धिमा ७३ अर्ब ४४ करोड रुपैयाँ खर्च गर्नुपर्ने आयोगले तयार पारेको रिपोर्टमा उल्लेख छ ।
यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीति उपनाउनुपर्ने आयोगको सुझाव छ । जसमध्ये दुई खर्ब ४२ अर्ब रुपैयाँ अल्पकालीन रणनीतिमा खर्च गर्नुपर्ने, दुई खर्ब ८७ अर्ब रुपैयाँ मध्यकालीन रणनीतिमा र एक खर्ब ३५ अर्ब ७९ करोड रुपैयाँ दीर्घकालीन रणनीतिमा खर्च गर्नुपर्ने आयोगले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।