सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आरोपमा चार जना पक्राउ

 माघ ६, २०७७ मंगलबार १७:४१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीमा बाल विवाह गराउन संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

हनुमाननगर कङ्कालिनि नगरपालिका–१४ रामपुरमा बाल विवाह गराउने कार्यमा संलग्न रहेको भन्दै प्रहरीले १५ वर्षीया बेहुली, ४३ वर्षीय बेहुला विनोद सुतियार, बेहुलीकी आमा र विवाह गराउने कार्यमा संलग्न रामेश्वर शर्मा रहेका प्रहरीले जनाएको छ ।

बालविवाह भइरहेको भन्ने सूचना पाएपछि प्रहरी चौकी रामपुरमल्हनियाबाट प्रहरीको टोली त्यहाँ पुगेको थियो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया