बाक्लो हुस्सु, कुहिरोले भैरहवा र नेपालगञ्जकाे उडान प्रभावित

 माघ ७, २०७७ बुधबार १४:५५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तराईमा बुधवार बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही आन्तरिक उडान प्रभावित भएका छन् ।

हुस्सुका कारण भैरहवा र नेपालगञ्जमा बुधवार बिहानैदेखि उडान हुन सकेको छैन । भैरहवा र नेपालगञ्जका लागि तय गरिएका तीन/तीन वटा उडान हुन सकेका छैनन् । बुधबार आन्तरिकतर्फ ८७ वटा उडान रहेका छन्, तीमध्ये मौसम प्रतिकूलताका कारण तराईका जिल्लामा हुने उडान भने प्रभावित हुन सक्ने विमानस्थल कार्यालयले जनाएको छ ।

केही आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थलले जनाएको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया