नेपाली श्रमिकले इजरायलका नागरिकसरह सेवा सुविधा पाउने

 माघ ८, २०७७ बिहिबार १५:५९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इजरायलमा नेपाली श्रमिकले पनि स्थानीय श्रमिकसरह सेवा सुविधा पाउने भएका छन् ।

नेपाल र इजराजयबीच भएको श्रम सम्झौताको ‘इम्प्लिमेन्टेशन प्रोटोकल’मा हस्ताक्षर गर्दै नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले नेपालबाट इजरायल जाने श्रमिकलाई कुनै पनि भेदभाव नगर्ने र इजरायलका नागरिकसरह सेवा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको बताउनुभएको हो । नेपाली श्रमिक लैजानका लागि नेपाल र इजरायलबीच गएको असोज १४ गते श्रम सम्झौता भएको थियो । सम्झौता अन्तर्गत नै आज बिहीबार इम्प्लिमेन्टेशन प्रोटोकलमा हस्ताक्षर भएको छ ।

नेपालका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहाल र नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर गर्नुभएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले महामारीकै बीचमा पनि नेपाल र इजरायलबीच भएको श्रम सम्झौताले नेपाली नागरिकले इजरायलमा रोजगारीको अवसर पाउने भन्दै खुसी व्यक्त गर्नुभयो ।

इजरायल जाने नेपालीका लागि आन्तरिक कार्यविधि पनि छिट्टै बनाउने विभागका महानिर्देशक कुमार दहालको भनाइ छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

1 Comments

  • Chandan

    Jan. 21, 2021, 8:26 p.m.

    Congratulation very good

  •  0 Reply

तपाईको प्रतिक्रिया