अझै तीन दिन मौसममा सुधार नआउने

 माघ ९, २०७७ शुक्रबार १८:५२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अझै तीन दिन देशभरको मौसममा सुधार नआउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कुनै मौसमी प्रणालीको प्रभाव नरहे पनि पछिल्लो चार/पाँच दिनयता देशभर चिसो बढेको मौसमविद्ले बताएका छन् ।

केही दिनदेखि तराईका जिल्लामा लागेको हुस्सु र कुहिरो थोरै मात्रै हटेको छ । आइतबारपछि मौसमी प्रणाली परिवर्तन हुने देखिए पनि तत्काल मौसम सफा हुने सम्भावना कम देखिएको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

गएको आइतबार काठमाण्डौको तापक्रम ८ दशमलव ८ डिग्री पुगेको थियो । त्यसपछि तापक्रम घटेर देशभर नै चिसो बढेको मौसमविद् मानन्धरले बताउनुभयो ।

चार/पाँच दिनयता काठमाण्डौको तापक्रम न्यूनतम ३ देखि अधिकतम २० डिग्रीसम्म पुग्ने गरेको छ । पानी परेपछि मात्रै बादल हटेर जाने भए पनि तत्काल पानी पर्ने सम्भावना देखिएको छैन । बिहानको समयमा १३ देखि १५ डिग्रीसम्म न्यूनतम तापक्रम पुगे मात्रै केही न्यानो हुने मौसमविद् मानन्धरको भनाइ छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया