जग्गा कारोबार गर्दा तीन करोड रुपैयाँ ठगेको आरोपमा काठमाण्डौका दुई जना पक्राउ

 माघ १०, २०७७ शनिबार १७:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – झण्डै तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ ।

काठमाण्डौको कोटेश्वरको ओलम्पिया वर्ल्ड स्कुलका सञ्चालक समेत रहेका शिरिष खड्का र सुरेन्द्र महर्जनलाई पक्राउ गरेर ठगी मुद्दा चलाउने तयारी भएको महानगरीय प्रहरी परिसर टेकुका डीएपी प्रमेश विष्टले उज्यालोलाई जानकारी दिनुभयो ।

खड्का र महर्जनले कृष्णप्रसाद देवकोटालाई जग्गा बेच्नको लागि २ करोड ७५ लाख रुपैयाँ बैना लिएका थिए । तर पछि उनिहरुले देवकोटालाई बेच्ने भनिएको जग्गा अन्यत्रै बेचेको र देवकोटाको २ करोड ७५ लाख रुपैयाँ पनि फिर्ता नगरेको प्रहरीले जनाएको छ । यो कारोबारमा अरु केही व्यक्ति पनि संलग्न रहेको र उनिहरुको खोजी भइरहेको डीएसपी विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया