खानीमा फसेका ११ जनाकाे १४ दिनपछि चीनले उद्धार गर्‍याे

 माघ ११, २०७७ आइतबार १४:५९:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको सुन खानीमा फसेका एघार जनालाई दुई हप्तापछि उद्धार गरिएको त्यहाँको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

खानीमा फसेकामध्ये पहिलो व्यक्तिलाई माथि ल्याइँदा त्यहाँ खटिएका कामदारहरु खुसी भएको टीभीको फुटेमा देख्न सकिन्छ । ती व्यक्तिको आँखाको ज्योति नगुमोस् भनेर पट्टी बाँधिएको थियो ।

उद्धार गरिएकाहरू उद्धारकर्मीसँग सम्पर्क स्थापित गरेर सानो सुरुङमार्फत औषधि र खाना प्राप्त गरिरहेका समूहमा पर्थे ।

गएको १० जनवरीमा सान्दोङ प्रान्तमा रहेको हुशन सुन खानीमा भएको विस्फोटपछि खानीको प्रवेशद्वार बन्द हुँदा उनीहरु जमिनभन्दा ६०० मिटर तल फसेका थिए । 

विस्फोटमा २२ जना कामदार खानीमा फसेका थिए, विस्फोटको कारणबारे भने थाहा भइसकेको छैन । विस्फोटमा कम्तीमा एक जनाको ज्यान गएको र बाँकी १० जना जीवित छन् कि छैनन् भन्नेबारेमा पनि स्पष्ट भइसकेको छैन । 

विस्फोटपछि बन्द भएको खानीको प्रवेशद्वारका बारेमा अहिलेसम्म केही थाहा पाउन सकिएको छैन । 

खानीबाट माथि ल्याइएकाहरू 'निकै कमजोर' रहेको र उपचारका लागि अस्पताल पठाइएको छ ।     

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया